दाेलखाकाे मतदान केन्द्रमा झडप हुँदा ७ राउण्ड हवाई फायर

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप भएकाे छ।

आफूले चुनेका उम्मेदवारहरूलाई मत दिनका लागि लाइनमा बसेका मतदाताहरूले हाेहल्ला गर्दै एकैपटक मतदान केन्द्रभित्र प्रवेश गर्न थालेपछि विवाद भएको हाे।

उक्त झडपलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ। साे विवादका कारण अहिले मतदान रोकिएको प्रहरीले बताएकाे छ। 

प्रकाशित मिति: : 2022-11-20 15:49:00

प्रतिकृया दिनुहोस्