मतदाता नामावलीमा नाम नभेटिए तत्काल ११०२ मा फोन गर्न आयोगको आग्रह

फाइल तस्बिर
फाइल तस्बिर

आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। 

मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो। 

मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ। 

प्रकाशित मिति: : 2022-11-20 13:03:00

प्रतिकृया दिनुहोस्