भीम रावलले अछामबाट खसाले भोट, भन्छन्– जनतालाई सम्झेर मतदान गरेँ

नेकपा (एमाले)का नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन्।

उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन्।

रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन्। चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो।

रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिएका छन्। यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

प्रकाशित मिति: : 2022-11-20 09:24:00

प्रतिकृया दिनुहोस्