वर्षमान पुनले रोल्पाबाट गरे मतदान

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन्।

उनले रोल्पा नगरपालिका–७ स्थित बाल उदय माविमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन्।

उपमहासचिव पुन चौथो पटक उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: : 2022-11-20 08:34:00

प्रतिकृया दिनुहोस्