सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस-माओवादीको आपत्ति

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दुई पार्टीबीच फाटो गराउने आशयले सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाइएको भन्दै आपत्ति जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरी विभिन्न अनलाइन सञ्चार माध्यमको समाचारको दुरुपयोग गरेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका हुन्।

‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार भएको छ। यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन्। र, गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन्। निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ। यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ।

सामाजिक सञ्जालमा भ्रामक समाचारको आतङ्क, ‘एक्सन’मा साइबर ब्युरो

प्रकाशित मिति: : 2022-11-19 15:33:00

प्रतिकृया दिनुहोस्