आज मध्यरातिबाट भारत र चीनसँगको सीमानाका बन्द हुने

फाइल तस्विर
फाइल तस्विर

आम निर्वाचनका लागि आज (बिहीबार) मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो।

बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ।

अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ। नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन्। तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन्।

प्रकाशित मिति: : 2022-11-17 07:35:00

प्रतिकृया दिनुहोस्