नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
सुनसरीको कोसी गाउँपालिका– १, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको बताए।
देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ छ।
'देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिनेछ,' उनले भने।