‘बाटो बनाउनेलाई भोट’

File photo
File photo

महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन्। जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए। उनी पटक पटक मन्त्री समेत भए।

छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन। उनीहरु आधारभूत सेवाबाट समेत वञ्चित हुँदै आएका छन्। उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ। स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेको गुनासो गरे। 

बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ। यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न पनि गाराे छ। 'मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो', स्थानीय सोमबहादुर स्याङतान भन्छन्।

बाँके नदीको शिरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ। वैकल्पिक मार्गसमेत छैनन्। यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ। यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन्।

प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउँने आश्वासन दिन्छन्। तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ।

बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हुँदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ। यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आएका छन्। 

प्रकाशित मिति: : 2022-11-13 16:00:00

प्रतिकृया दिनुहोस्