एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि सुकुम्बासी, धनीपुर्जा दिन रोक : डा. सुनीलकुमार शर्मा

File Photo
File Photo

प्रतिनिधि सभामा मोरङ क्षेत्र नं.३ बाट नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनीलकुमार शर्माले नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि भूमिहिन सुकुम्बासी,भूमिहिन दलितलाई धनीपुर्जा दिन रोकिएको बताएका छन्।

सरकारले कानेपोखरी र सुन्दरहरैचामा धनीपुर्जा वितरण गर्न सुरु गरेपछि एमाले अत्तालिदैँ निवाचन आयोग पुगेको शर्माको भनाई छ।

उनी आइतबार मोरङ क्षेत्र नं. ३ अन्तरगतको पथरीशनिश्चरे ८ स्थित सोमबारे बजारमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनाबी सभामा बोल्दै थिए। उनले भने–एमाले आफू पनि काम गर्दैन, अरुलाई पनि काम गर्न दिँदैन।

गठबन्धन सरकारले सुकुम्बासीलाई धनीपुर्जा दिँदा एमाले पत्तासाफ हुने डरले आयोगमा उजुरी दिएको उनले बताए। धनी पुर्जा वितरण जस्तो विषयलाई एमालेले मजाक गर्याे। गरिब सुकुम्बासीलाई धनीपुर्जा चाहिएको हो।

जुन सरकारले दिए पनि नागरिकलाई जग्गा धनी बनाउने हो। तर, एमाले डरायो , उनले दोहो¥याएर भने–गरिब दुखीको गाँस, वास र कपासका विषयमा ३ दशक देखि यो क्षेत्रमा एमालेले राजनीति गरिरहेको छ।

डाक्टर शर्माले गरिव, दुखी र अति विपन्नको उपचार गर्दा समेत एमालेले आचार संहिता बिरुद्ध भयो भनेर रोकेको बताउँदै एमाले एण्ड कम्पनीले गरिव र सुकुम्बासीको नाममा मत लिएर पनि उनीहरू पक्षमा काम गर्न नसकेको बताए।

मतदाता धनी भएभने गरिव, दुखी र सर्वहाराको नाममा मत माग्न नपाइने डरबाट एमाले त्रसित रहेको उल्लेख गर्दै अब गल्ती नदोहोर्याउन आग्रह गरे।

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका हजारौ कार्यकर्ताको सहभागितामा भएको कार्यक्रममा शर्माले पाहुना नेतालाई पुन जिताए ५ वर्षसम्म पछुताउनु पर्ने बताए। शर्माले सके सरकारी स्तरबाट नभए पनि नीजि लगानीमा क्षेत्रका २६ वटै वडामा एम्बुलेनस सञ्चालन गर्ने उद्घोष गरे।

कसैले पनि अब पैसाको अभावमा उपचार नपाएर मर्नु नपर्नेमा जोड दिँदै उनले भने–कहामी काम गरेर देखाउँछौं।चुनाब हारेर पनि आफू नभागेको बताउँदै डाक्टर शर्माले चुनाव जितेर गएकाहरू राज्यको सम्पत्ति दोहनमा लागे। हामीहरू अकिसजन ,मास्क, खाद्यान लिएर गाउँ गाउँ गयौं।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधिसभामा समानुपातिक उमेद्वार कृष्णकुमारी विकल एमालेको सर्वसत्तावाद विरुद्ध गठबन्धनको जित आवश्यक रहेको बताइन। उनले भनिन–संविधानको रक्षा भए मात्र ब्यवस्था जिवित रहन्छ। ब्यवस्था जोगाउनका लागि गठबन्धनको जीत आवश्यक छ।

प्रकाशित मिति: : 2022-11-06 17:43:00

प्रतिकृया दिनुहोस्