उम्मेदवारले जनतासंग गर्ने बाचामा हस्ताक्षर गर्नुपर्छ, यदि गर्नुहुन्न भने भोट दिनुपर्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारहरुले जनतासंग गर्ने बाचामा हस्ताक्षर गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडाैँमा आयोजित पार्टीको वाचा पत्र सार्वजनिक कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

उनले भने, 'हाम्रा उम्मेदवारहरुले जनतासंग गर्ने बाचामा हस्ताक्षर गर्नुपर्नेछ, यदि हस्ताक्षर गर्नुहुन्न भने तपाईंहरुले पनि भोट दिनुपर्दैन।'

उनले संसद प्रतिपक्षकाे भएकाे बताउँदै तर संसदमा भने प्रतिपक्ष नै नभएकाे भन्दै आक्राेश व्यक्त गरे। 'संसद भनेको प्रतिपक्षको हो, तर खोइ संसदमा प्रतिपक्ष?' लामिछानेले प्रश्न गरे।

पार्टीका कार्यकर्ता राज्यले पाल्नुपरेको भन्दै उनले दुखसमेत व्यक्त गरे।

सभापति लामिछाने भने, 'पार्टीका कार्यकर्ता त पार्टीले पाल्नुपर्ने हो नि तर आज राज्यले पार्टीका कार्यकर्ता पाल्नुपरेको छ।'

प्रकाशित मिति: : 2022-11-03 12:11:00

प्रतिकृया दिनुहोस्