प्रधानमन्त्री देउवालाई आफ्नै खर्चमा डडेल्धुरा जान आयोगको अनुमति

File photo
File photo

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुरलाई विभिन्न शर्त राखेर डडेल्धुरा जान स्वीकृति दिएको छ।

आयोगले देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको हो।

यसअघि  मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोगलाई पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो।

आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन्।

प्रकाशित मिति: : 2022-11-02 13:30:00

प्रतिकृया दिनुहोस्