सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ 

File photo
File photo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ।

३ मंसिरसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब चार करोड मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको र सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको आयोगले जनाएको छ। आयोगका अनुसार अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ।

छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाको मतपत्र छन्। जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन्।

प्रकाशित मिति: : 2022-10-31 16:36:00

प्रतिकृया दिनुहोस्