सत्ता गठबन्धनले स्वार्थका लागि देशको स्वाभिमान बेच्छ– केपी शर्मा ओली

File Photo
File Photo

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले सत्ता स्वार्थका लागि देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने बताएका छन्।

एमाले ललितपुरद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनको यस्तो काम रोक्न सबै नेपाली सजग बन्नुपर्ने बताएका हुन्।

‘सत्ता गठबन्धन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ। सिंगै देश तरकारी फलफूल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यीनीहरूले अंश–अंशमा बेच्छन्, त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सक्रिय हुन जरुरी छ,’ उनले भने।

सरकारले देशमा महङ्गी, भ्रष्टाचार बढाएको, काम चलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँधली गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-23 09:15:00

प्रतिकृया दिनुहोस्