भैरहवाकाे ५ क्षेत्रमा मतगणना हुने

२०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना जिल्लाको सदरमुकाम भैरहवामै २ स्थानमा गरिए पनि यस पटक ५ वटै क्षेत्रमा मतगणना हुने भएको छ।

यसको लागि प्रत्येक निर्वाचन क्षेत्रका सबै दृष्टिले उपयुक्त देखिएको स्थानहरुमा मतगणना स्थल समेत तोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका सहायक निर्वाचन अधिकृत शोभाकर खरेलका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को लागि देवदह नगरपालिकाको शितलनगरमा रहेको देवदह बहुमुखी क्याम्पसलाई मतगणना स्थल तोकिएको छ।

क्षेत्र नम्बर २ को लागि बुटवल उप–महानगर पालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को लागि भैरहवा नमूना माध्यमिक बिद्यालयलाई मतगणना स्थल तोकिएको छ। यस्तै क्षेत्र नम्बर ४ को लागि कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र क्षेत्र नम्बर ५ को लागि गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई तोकिएको सहायक निर्वाचन अधिकृत खरेलले जानकारी दिए।

मतगणनामा सहजता ल्याउन अहिले ५ वटै निर्वाचन क्षेत्रमा गणनाको ब्यवस्था गरिएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले बताए।

उनले मतपेटिकको संख्या धेरै हुने र प्रतिनिधि सभा तथा प्रदेश सभाको अलग अलग गणना हुने ब्यवस्था मिलाईएको बताए। कम्तिमा ३ वटा कोठा मतपेटिका राख्न, एक कोठामा प्रतिनिधि सभा, एउटामा प्रदेश सभा १ र अर्कोमा प्रदेश सभा २ गरि कम्तिमा पनि ६ कोठा आवश्यक रहेको उनको भनाई छ।

प्रकाशित मिति: : 2022-10-20 21:14:00

प्रतिकृया दिनुहोस्