फेरि प्रधानमन्त्री भएर आर्थिक विकासमा फड्काे हान्ने मन छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्।

अध्यक्षले प्रचण्डले बुधबार राति हिमालय टेलिभिजनसँगकाे अन्तर्वार्ताकाे क्रममा आफूमाथि जनताले भराेसा गरेका कारण फेरि देशकाे नेतृत्व गरेर आर्थिक फड्काे मार्ने इच्छा रहेकाे बताए।

‘अहिले पनि जनताले म माथि भराेसा गरेकै देख्नु छ, त्याे भराेसालाई देशकाे नेतृत्व गरेर आर्थिक विकासमा फड्काे हान्ने, केही ठुला र साना परियाेजनाेका स्ंयाेजनमार्फत् फड्काे हान्न मन छ, मलाई,’ प्रचण्डले भने,‘त्यसकाे निम्ति प्रधानमन्त्रीकाे अवसर आयाे भने चाहिएन भन्दिनँ तर प्रधानमन्त्रीकाे लागि मरिहत्ते पनि गर्दिनँ।’

उनले आफू प्रधानमन्त्री बन्ने रेसमा नरहे पनि जनताले आफूलाई प्रधानमन्त्री भएकाे देख्न चाहेकाे र यस कुरामा सभापति देउवाबाट पनि पाेजेटिभ स्मेल आएकाे उनले बताए।

‘गठबन्धमा म प्रधानमन्त्री हुने कुरामा केही सहमति भएकाे छैन तर बालुबाटारमा प्रधानमन्त्री देउवा पाेजेटिभ भएकाे स्मेल आउँछ, मलाई,’ प्रचण्डले भने,‘अस्ति कार्यक्रममा माधव नेपालजी बाेलेकाे पनि जनभावनाकाे स्मेल हाे। फेरि म जहाँ–जहाँ जाने गर्छु, सबैले अब त प्रधानमन्त्री तपाईं नै हाे भन्छन्। किन भन्छन हाेला यसलाई म अध्ययन गर्दैछु।’

प्रकाशित मिति: : 2022-10-20 07:53:00

प्रतिकृया दिनुहोस्