आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाकाे निर्वाचनकाे लागि प्रत्येक्षतर्फ कुल २ हजार ४ सय १२ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। विभिन्न राजनीतिक दलका नेताहरू प्रतिस्पर्धामा रहँदा स्वतन्त्रहरूकाे अभियानबाट सुरू भएकाे हाम्राे नेपाली पार्टीका ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
अहिलेका राजनीतिक दल तथा नेताहरूबाट देशले निकास पाउँदैन भनेर देशभरबाट जुर्मुराएका युवाहरूकाे संगठनका रूपमा उदाएकाे हाम्राे नेपाली पार्टीमार्फत गण्डकी प्रदेशका ९ जना युवाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। लामाे समयदेखि नेपाली राजनीतिकाे नेतृत्वमा रहेका बुढा नेताहरूकाे विरूद्ध हाम्राे नेपाली पार्टीमार्फत उम्मेदवारी दिने उनीहरू याेग्य, क्षमतावान र कुनै न कुनै क्षेत्रमा विज्ञता प्राप्त गरेका युवा हुन्।
‘बा-आमालाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने’ नारासहित स्वतन्त्रहरूकाे लाैराे अभियानअन्तर्गत उक्त पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरू लामाे समयदेखि राजनीतिमा लागेर पनि देश र जनताकाे उन्नती प्रगति गर्न नसकेका नेताहरूलाई ‘ब्रेक’ लगाएर देश हाँक्न संसदमा छिर्ने याेजनामा छन्। जसले गण्डकीका विभिन्न क्षेत्रबाट प्रभावशाली नेताहरूसँग प्रतिस्पर्धा गर्दै छन्।
गण्डकीबाट हाम्राे नेपाली पार्टीबाट गाेरखा क्षेत्र नं. २ बाट प्रकाश थापा, कास्की क्षेत्र नं. १ बाट प्रमाेद आचार्य, कास्की क्षेत्र नं. २ बाट शिरिष गुरूङ, कास्की क्षेत्र नं. ३ बाट विवेककुमार पाैडयल, तनहुँ क्षेत्र नं. १ बाट प्रविन पाैडेल, तनहुँ क्षेत्र नं. २ बाट विष्णु पराजुली, स्याङ्जा क्षेत्र नं. १ बाट साेमबहादुर नेपाली, नवलपरासी क्षेत्र नं. १ बाट तलसीराम भुसाल र नवालपरासी क्षेत्र नं. २ बाट जगन्नाथ पाेख्रेल चुनावी प्रतिस्पर्धामा छन्।
०००
प्रकाश थापा (गाेरखा– २)
गाेरखा क्षेत्र नं. २ बाट लामाे समयदेखि शिक्षण तथा लेखन पेसा सक्रिय युवा प्रकाश थापा लाैराे चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएका छन्। देशका पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै एमालेका युवा उम्मेवार अब्दुस मियाँसँग उनकाे प्रतिस्पर्धा हुने छ।
बुढा नेतालाई पराजित गराएर देशलाई नयाँ गतिमा लैजाने साेचका साथ अगाडि बढेका उनी एक सक्षम र क्षमतावन युवा हुन्। उनी २६ वर्षदेखि शिक्षण पेसामा आवद्ध छन्। भने, विशेष त पर्यटनलाई प्रवर्धन गर्ने गरी उनले केही पुस्तकहरू पनि लेखेका छन्। ‘लाङ्टाङदेखि लण्डनसम्म’ उनकाे चर्चित नियात्रा हाे। थापाले ‘ट्राभर राइडिङ’ विषयमा पिएचडी गरिरहेका छन्।
प्रमाेद आचार्य (कास्की– १)
ठुला–ठुला क्रान्ति भए पनि देश परिवर्तन नभएकाेले परिवर्तनकाे लागि आफैं अगाडि बढेकाे बताउने प्रमाेद आचार्य कास्की १ का बलिया उम्मेदवार हुन्। उनीसँग ११ वर्षसम्म पर्यटन क्षेत्रमा ‘गाइड’काे रूपमा काम गरेकाे अनुभव रहेकाे छ। त्यस्तै उनले केही वर्ष विदेशका विभिन्न मुलुकमा पुगेर काम गरेकाे अनुभव पनि रहेकाे छ।
त्यस्तै विभिन्न सामाजिक सञ्जालमा आबद्ध रहेर काम गर्दै आएका उनी सांसद भनेर देशकाे विकास सँगै पर्यटन क्षेत्रमा आमुल परिवर्तन ल्याउन चाहन्छन्। उनका प्रतिस्पर्धीकाे रूपमा एमालेका मनबहादुर गुरूङ र काँग्रेसबाट साझा गठबन्धनकाे रूपमा किशाेर दत्त बराल रहेका छन्।
विष्णु पराजुली (तनहुँ– २)
तनहुँ क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका विष्णु पराजुली एक व्यवसायी तथा सामाजिक अभियान्ता हुन्। तनहुँ क्षेत्र नं. २ सँगै समग्र तनहुँकाे विकास काे लागि सामाजिक सेवामा सक्रिय उनी यस क्षेत्रमा प्रभावशाली मानिन्छन्।
लायन्स क्लव अफतनहुँ भानुभक्तकाे पूर्व अध्यक्ष एवम् जाेन चियर पर्सन, चेम्बर अफ तनहुँकाे महासचिव, घर बहाल उपभाेक्ता मञ्च (सडर भाडा व्यवसायी संघ)काे पूर्व अध्यक्ष, अधिकृत विक्रेता संघ तनहुँकाे महासचिव, फाेटाेग्राफर एसाेसियसन तनहुँकाे महासचिव, तनहुँ कालिका सहिद शान्तिपार्ककाे पूर्व महासचिव, जय माैलाकाली कृषि तथा पशु फारम प्रा.लिकाे निर्देशक तथा पराजुली निर्माण सेवाकाे प्राेपराइटरकाे रूपमा उनले काम गरेकाे अनुभव रहेकाे छ।
उनकाे प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले)का किरण गुरूङ, नेपाली काँग्रेसका शङ्कर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र प्रताम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जाेशी रहेका छन्।
जगन्नाथ पाेख्रेल (नवालपारासी– २)
लामाे समयदेखि कृषि तथा पशुपालन पेसामा रहेर काम गरिरहेका युवा उम्मेदवार हुन्, जगन्नाथ पाेख्रेल। उनले आगामी निर्वाचनमा एमालेका तिलबहादुर महत क्षेत्री, नेपाली काँग्रेसका विष्णुकुमार कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्मासँग प्रतिस्पर्धा गर्दै छन्।
देशकाे नीति निर्माण तहमा अन्य पेसा र क्षेत्रबाट नेताहरूकाे सहभागीता रहेपनि कृषि क्षेत्रकाे अनुभव भएकाे काेही नभएकाेले आफैं उम्मेदवारी दिएकाे बताउने उनले विगत १५ वर्षदेखि कृषि पेसामा आवद्ध छन्। भने उनी आध्यात्मिक व्यक्तित्व पनि हुन्।