केपी ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

File Photo
File Photo

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन्। जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ।

ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्। उनले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिएका छन्। संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन्।

उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गरेका छन्। तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति: : 2022-10-19 16:24:00

प्रतिकृया दिनुहोस्