ओनसरी घर्तीलाई भाेट माग्दै देउवा, प्रचण्ड र नेपाल

वाम–लोकतान्त्रिक सत्ता गठबन्धनले निर्वाचन केन्द्रीत कार्यक्रमअन्तर्गत काठमाडौंको काडाघारीस्थित शुभश्री ब्याङ्केटमा निर्वाचन परिचालन समिति घोषणा गरेकाे छ। 

काठमाडौं– २ मा गठबन्धनका साझा उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम आयाेजना गरिएकाे गठबन्धनका नेताहरूले जनाएका छन्।

आँउदाे निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी शीर्ष नेत्री ओनसरी घर्ती उमेदवार बनेकी छिन्। प्रदेससभा अन्तर्गत काठमाडौ क्षेत्र नम्बर २ (क) मा नेपाली काङ्ग्रेसका ध्रुब केसी र (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उमेदवार छन्।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू सहभागि छन्।

प्रकाशित मिति: : 2022-10-16 14:27:00

प्रतिकृया दिनुहोस्