प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक : रामचन्द्र पौडेल

file Photo
file Photo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि मुलुकमा राजनीतिक स्थायित र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज यहाँ आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको बताए।

वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए। गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताए।

गठबन्धन सत्ताका लागि नभइ देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उनले बताए। देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढिएको उनले बताए।

प्रकाशित मिति: : 2022-10-15 14:36:00

प्रतिकृया दिनुहोस्