कैलाली–५ मा कांग्रेसका बागीको चुनाव चिन्ह ‘माछा’ र ‘केरा’

File photo
File photo

नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर–५ मा बागी उम्मेदवारी दिएका पुष्करनाथ ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन्।

निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो। कैलाली–५ मा सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्।

यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन्। उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।

प्रकाशित मिति: : 2022-10-12 18:36:00

प्रतिकृया दिनुहोस्