चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाको चुनाव चिन्ह माछा

File photo
File photo

नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन्। निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो।

उनले चितवन क्षेत्र नम्बर–३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। चितवन–३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो। सोही क्षेत्रमा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2022-10-12 18:20:00

प्रतिकृया दिनुहोस्