नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेले बहुमत ल्याउने दाबी गरेका छन्।
मंगलबार दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्।
उनले नेता तथा कार्यकर्तालाई उम्मेदवारको जीत र हारलाई मात्रै नहरेर पार्टीको भविष्यको लागि सबै एकजुट भएर लाग्न निर्देशन दिए।
साथै उनले मतदातालाई विपक्षीले प्रलोभनमा पार्नसक्ने भएकाले सचेत भएर निर्वाचनमा लाग्न आग्रह गरे। उनले जनताको घरघरमा पुगेर आफूहरुमाथि फैलाएको भ्रम चिर्न आग्रह गरे।