टिकट वितरणमा असन्तुष्ट हुँदै एमाले मोरङका नेता कट्टेलले छाडे पार्टी

 टिकट वितरणमा असन्तुष्ट हुँदै एमाले मोरङका नेता मेघराज कट्टेलले पार्टीबाट राजिनामा दिएका छन्।

‘बामपंथी हुने, कम्युनिस्ट हुने अनि सधैँ हामीले नेताको ज्यादती सहनुपर्ने,’ उनले भने, ‘पार्टीका स्थानीय नेता कार्यकर्ताको हित विपरीत उम्मेदवार छनोट भएपछि मेरो असहमति हो।’

पार्टी निर्माणको प्रारम्भीक कालदेखिनै वैचारिक एवं संगठानिक तथा जनजागरणको अहम भूमिका निर्वाह गर्दै आएका नेता कार्यकर्तालाई यस निर्वाचनमा पाखा लागउने काम भएको उनले बताएका छन्।

पार्टी नेतृत्वको सर्वसत्तावादी चरित्र र गैर माक्र्सवादी कार्यशैलीको विरोध गर्ने नेता कार्यकर्ता राजनैतिक जीवन समाप्त गर्न खोजिएकाले आफूले राजिनामा दिएको उनले बताएका छन्।

टिकट वितरणको आधार चाकडी, लेनदेन र गुन्डागर्दी बनाएको उनले आरोप लगाएका छन्।

नेकपा एमाले मोरङका सचिवालय सदस्यसमेत रहेका कट्टेलले नेकपा समाजवादीमा जान सक्ने संकेत गरेका छन्। ‘केही दिनमा कुरा मिल्यो भने समाजवादीमा जान सक्छु,’  कट्टेलले भने।

प्रकाशित मिति: : 2022-10-09 11:17:00

प्रतिकृया दिनुहोस्