एमाले मोरङका सचिव खतिवडाले दिए पदबाट राजिनामा 

नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले पदबाट राजिनामा दिएका छन्। आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाँउदै उनले पदबाट राजिनामा दिएको बताएका छन्। 

एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत  केही व्यक्तिको स्वार्थ अनुकुल सामाजिक सञ्जालमा प्रचार गरिएकाले असहमत भएको खतिवडाले राजिनामा उल्लेख गरेका छन्। 

उनले अहिले उम्मेदवारको प्रचार पजनी शैलीमा भएको बताएका छन्। एमाले प्रदेश १ कमिटी र केन्द्रीय कमिटीलाई बोधार्थ दिँदै उनले शनिबार राजीनामा दिएका हुन्।

खतिवडा मोरङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा सिफारिस भएका थिए। तर, पार्टीले उमाकान्त गौतमलाई टिकट दिएको छ।
 

प्रकाशित मिति: : 2022-10-08 15:20:00

प्रतिकृया दिनुहोस्