स्वतन्त्र उम्मेदवार बन्ने गंगा चाैधरीको घोषणा, शान्ताविरूद्ध भिड्ने

नेकपा (एमाले)की चर्चित नेत्री गंगा चौधरीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।

दाङ क्षेत्र नम्बर १ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने पक्का भएपछि उनी विद्रोहमा उत्रिएकी हुन्।

असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने पूर्वसांसद चौधरीले बताइन्।

'आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु,' गंगाले सामाजिक सञ्जालमार्फत् भनिन्, 'जनता भगवान हुन जनता नै सर्वाेपरी हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु। हजुरहरूको साथ चाहिएको छ।'

महासचिव शंकर पोखरेलले दाङ–१ बाट शान्तालाई अघि सारेपछि स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन्। शान्ताको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ। दाङ २ बाट एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन्।

दाङ १ बाट गंगासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो। सो त उनी शान्ताविरूद्ध नै चुनावी मैदानमा उत्रिने छिन्।

प्रकाशित मिति: : 2022-10-07 13:04:00

प्रतिकृया दिनुहोस्