आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बाबुराम भट्टराईको घोषणा

File - fb wall of Dr. Baburam Bhattarai
File - fb wall of Dr. Baburam Bhattarai

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभामा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएको गोरखाली जनतालाई धन्यवाद दिँदै डा. भट्टराईले यो पटक निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन्।

उनले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2022-10-03 12:49:00

प्रतिकृया दिनुहोस्