गठबन्धनमा भागबन्डाकाे किचलाेः बालुवाटारबाट बाहिरिए नेताहरू

File photo
File photo

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी अधिकांश नेताहरू भर्खरै बाहिरिएका छन्।

आज दिउँसो १ बजेदेखि भएको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएपछि उनीहरू बालुवाटारबाट निस्केका हुन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिइन्।

त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट नेताहरू कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगनकुमार थापा तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, शक्ति बस्नेतलगायत पनि बैठकमा सहभागी रहेको माओवादी नेता पुनले जनाएका छन्।

आजको बैठक पनि आगामी निर्वाचनको सीट भागबण्डामै केन्द्रित रहेको बताइएको छ। तर सहमति अझै हुन सकेको छैन।

प्रकाशित मिति: : 2022-09-29 15:35:00

प्रतिकृया दिनुहोस्