गोकुलको कटाक्षः सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिए

file Photo
file Photo

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन्। 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइ दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’

नेता बाँस्कोटाले नागरिक समाजसमेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन्।

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन्। रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बाँस्कोटाले भनेका छन्।

प्रकाशित मिति: : 2022-09-29 13:34:00

प्रतिकृया दिनुहोस्