केन्द्रीय कार्यकारणी सदस्य कार्कीसहित १० नेताले छाडे जसपा

जनता समाजवादी पार्टी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्।

नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्टले जसपा परित्यागको घोषणा गरेका हुन्। 

मोरङ क्षेत्र नम्बर–२ बाट प्रनितिधिसभा सदस्यमा सिफारिस भएका कार्कीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी त्याग गरेको घोषणा गरेका छन्।

मोरङ २ मा आफूले दावी गर्दै आएको र गठबन्धनले कांग्रेसको भागमा पर्ने निश्चित भएपछि आफूले पार्टी छाडेको कार्कीले बताए। पार्टी अध्यक्ष उपेन्द्र यादवले खस आर्यप्रति पूर्वाग्रह राखेको बताउँदै खस आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन्।

कार्की १० वर्षअघि पार्टी एकता हुनुपूर्व खस समावेशी राष्ट्रिय पार्टीका तत्कालिन अध्यक्ष थिए।

प्रकाशित मिति: : 2022-09-28 18:08:00

प्रतिकृया दिनुहोस्