विद्युतीय सवारी २४ घण्टा भित्र सचांलनमा ल्याउन गृहमन्त्री खाँणको निर्देशन      

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकको सुविधाकालागी एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल संचालनमा ल्याउन कोषलाई निर्देशन दिएका छन्।  

रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले कोषले संचालन गर्न नसक्ने भए सक्दिन भन्नु पर्ने अन्यथा अविलम्ब संचालन गर्न निर्देशन दिएको हो।

त्यसबारे आफुलाई स्पष्ट पार्न पनि उनले सरोकारवालाहरुलाई आग्रह गरेका हुन्। उनले कोष, पर्यटन ब्यबसायी, उद्योगी ब्यबसायी तथा सरोकारवालाहरुसँग विद्युतीय बस संचालनमा देखिएका समस्या र समाधानका उपायबारे समन्यात्मक बैठक राखेर संचालनमा कुनै कठिनाई भएमा सोको जानकारी २४ घण्टा भित्र आफुलाई गराउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिएका हुन्।

अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन्। गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन बनाईए पनि बस सचांलन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लाण्टबाट ५४ लाख मूल्यको विद्युत समेत खेर गइरहेको छ।

प्रकाशित मिति: : 2022-09-28 13:41:00

प्रतिकृया दिनुहोस्