नेपाली विद्यार्थीले बनाएकाे गाडी ‘शेल इको म्याराथनमा’ प्रतिस्पर्धा हुने, सहयोगको लागि अनुरोध

काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले बनाएका गाडी अन्तराष्ट्रियस्तरको प्रतियोगिता ‘शेल इको म्याराथनमा’ प्रतिस्पर्धामा सहभागी हुने भएकाे छ। 

प्रतिस्पर्धाका लागी टोली अक्टोबर १० मा इन्डोनेसियामा सहभागी हुदै छन्। विद्यार्थीहरुका अनुसार उक्त गाडी १ लिटर तेलबाट १५० किलोमिटर भन्दा बढी गुड्ने सक्ने छ। 

ढुवानी खर्च एकदम महंगो भएको र आफ्नो खर्चमा गाडी लैजान सक्ने अवस्था नभएको हुँदा विद्यार्थीहरुले  सहयाेगकाे अपिल गरेका छन्। गाडीको ढुवानी र टिकटका लागि आर्थिक सहयोग हालसम्म काठमाडौं विश्वविद्यालय र बाहिरबाट सहयोग रकम जुटिरहेको छ। 

बाकी रू ६ लाख जति अपुग विभिन्न संघसंस्था र  व्यक्तिहरुलाई सह्योगको अपिल गरिएको हाे। 

नेपालबाट प्रतिनिधित्व गर्दै इन्डोनेसियामा हुने विंश्व प्रतिष्पर्धामा भाग लिने मिति नजिकै आएको छ। यी प्रतिभाशाली युवा ईन्जिनियरिंगका विद्यार्थीहरुलाइ हौसला बढाउन देश विदेशमा भएका नेपालीहरुलाइ अनुरोध गरिएको छ।

यस प्रोजेक्टबारे थप जानकारी चाहिएमा ९८४६७६६३१९ मा सम्पर्क गर्न सकिन्छ। 

सहयोगको लागिः
Esewa/khalti/imepay : 9846766319
A/C Holder Name: SUMAN PATHAK
Account Number: 4210017505809 (Nabil Bank- Dhulikhel)

प्रकाशित मिति: : 2022-09-27 13:45:00

प्रतिकृया दिनुहोस्