हत्या गरेर फरार रहेका चालिसे ७ वर्षपछि पक्राउ 

दाङ बर्दियाको गेरुवा गाउँपालिका–४ का गंगाधर चालिसेको हत्या गरेर फरार रहेको एक जना ७ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँकै ३७ वर्षीय श्याम विसी भनिने टिकाराम बुढाथोकी रहेका छन्।

बुढाथोकीले २०७२ साल साउन १६ गते राति करिब १० बजे चालिसकेको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उनी चालिसेको हत्या गरी फरार भएका थिए।

बुढाथोकीलाई प्रहरीले यही असोज ८ गते पक्राउ गरी अदालतमा कर्तव्य ज्यान मुद्धामा म्याद गरेर अनुसन्धान गरिरहेको छ।

उनलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-26 12:00:00

प्रतिकृया दिनुहोस्