सांसद आचार्यको पहलमा गोठगाँउमा तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको कामले मूर्तरुप पाउने

गोठगाँउमा तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यही वर्ष सुरु हुने भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहलाई आज (शुक्रबार) सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको काम यही आर्थिक वर्षमा सुरु गर्ने घोषणा छन।

मोरङ जिल्ला निर्वाचन क्षेत्र ६ प्रदेशसभा (१) का सांसद रहेका पूर्वमन्त्री जीवन आर्चायले विराटनगर क्षेत्रको मुहार फेर्न जनताका जनजीविकाका कामसँगै त्यस क्षेत्रमा महत्वाकांक्षी योजना अगाडि बढाउने बताउँदै आएका थिए।

पूर्वमन्त्री आर्चायले निर्वाचनको दौरान त्यस क्षेत्रका जनतालाई भरोसा दिलाएका थिए। र, चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भए सो वाचा पूरा गर्ने बताएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको केही दिनमै पूर्वान्चल विश्वविद्यालयलाई मेडिकल कलेजको अनुमति दिलाउन मेहनत गरेका  आचार्यले लामो समय सम्मको संघर्षले सार्थकता पाएकोमा खुसी व्यक्त गरेका छन। ‘मेडिकल कलेजका लागि आफ्नै तीन सय शय्याको अस्पताल अनिवार्य छ, त्यसैले हामीले निरन्तर प्रधानमन्त्रीज्यूलाई भनिरहेका थियौँ,’ आचार्यले सामाजिक सञ्जालमार्फत् भएका प्रयासबारे  टिप्पणी गरे।

सांसद आचार्यको पहलमा सो क्षेत्रमा तीन सय शय्याको अस्पताल र विराटनगर रिङरोड निर्माणको अभियान नै चलेको थियो। सो अभियानलाई लिएर सांसद आचार्य अभियन्ताको भूमिकामा लामो समयदेखि केन्द्रसँग लबिइङ गर्दै निरनतर  प्रयासरत थिए। अन्ततः आज दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्रीबाट आएको घोषणासँगै काम सुरु हुने भएको हो।

प्रधानमन्त्री प्रचण्डले घोषणा गरेका ती योजनाले सुन्दरहरैँचा नगरपालिका र समग्र विराटनगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सांसद आर्चायले व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2024-04-26 21:10:00

प्रतिकृया दिनुहोस्