नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन्।

चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ।

जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ । तर विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न सकिँदैन्।’ 

राजनीतिक दलहरु विशेषगरी युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उनको भनाइ छ। उनले सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए।

संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत अभिव्यक्ति दिए।

प्रकाशित मिति: : 2022-09-23 07:03:00

प्रतिकृया दिनुहोस्