राष्ट्रपतिद्वारा चुनाव रोक्ने अभ्यासः सहमहामन्त्री यादव

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नागरिकता विधेयक अस्वीकार सम्बन्धमा राष्ट्रपतिद्वारा चुनाव रोक्ने अभ्यास भएको बताएका छन्।  

बुधबार काठमाडौंमा आयोजित नागरिकता विध्येक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले नागरिकता विधेयक अस्वीकारपछि चुनाव रोक्ने काम भएको बताएका हुन्। 

‘राष्ट्रपतिले कुन व्यवस्था लिन खोज्नका लागि यो कदम चाल्नुभयो अब राष्ट्रपति त्यो कुर्सिमा बस्ने कुनै नैतिकता छैन। यो चुनाव रोक्ने आवास भैरहेको छ। चुनाव हार्ने डरले एमालेले राष्ट्रपतिलाई प्रयोग गरेको हो। नागरिकता ऐन संविधान बनाउदाँ एमालेका नेता भनिनेहरूले बहुदलीय व्यवस्था मास्ने जस्तो कृयाकलाप गरेको छ। नागरिकता विधेयकलाई अस्वीकार गरि संविधान विपरित काम गर्दै हुनुहुन्छ। सितल निवास बसेर सरकारको तलब खाएर यस्तो गतिविधि गर्नु उचित हैन,’ उनले भने।

यस्तै मन्त्री यादवले राष्ट्रपतिको राजिनामा माग गर्दै संविधान जोगाउनु पर्ने बताए।

उनले भने ‘सितल निवासमा बसेका राष्ट्रपतिले देश बचाउन संविधानको रक्षा गर्न,  राजिनामा दिनुपर्छ। यो कुनै चानचुने कुरा हैन। एमाले र नेपाली कांग्रेसले महत्वपूर्ण जिम्मेवारी भएकाले एमालेलाई जिरो सितमा पु¥याउन राष्ट्रपतिले एमाले पत्ता साफ हुन्छ भन्ने लागेर यस्तो कदम चालेको छ। राष्ट्रपतिले सितल निवास सरकारी निवास प्रयोग गर्नुहुदैँन।’

प्रकाशित मिति: : 2022-09-21 16:59:00

प्रतिकृया दिनुहोस्