समानुपातिकको बन्द सूची बुझाउन राजनीतिक दलहरू निर्वाचन आयोगमा

File Photo
File Photo

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका छन्।

निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो। साेहीअनुरूप नेताहरू सोमबार अपरान्ह आयोगमा पुगेरका हुन्।

आयोगका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन्।

एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ।

बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ।

प्रकाशित मिति: : 2022-09-19 16:17:00

प्रतिकृया दिनुहोस्