मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बुढिगंगा गाउँपालिका-१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रिमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार करेन्ट लागेर तेह्रथुमको छथर गाउँपालिका-५ शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको मृत्यु भएको हो।
शनिबार दिउँसो ४ बजे फ्याक्ट्रि नजिकै जमेको पानीको खाल्डोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर लिम्बू घाइते भएका थिए।
करेन्ट लागेर गम्भिर घाइते भएका लिम्बुको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा बेलुका ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट थप अनुसन्धान भइरहेको छ।