पहिरोले अवरुद्ध पाल्पाको तानसेन तम्घास सडक सञ्चालनमा आएको छ। ढुंगा सहितको लेदो पहिरोले अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
तीन दिन देखिको निरन्तरको झरीले सो सडकको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरो खस्दा करिब ४ घण्टा सडक अवरुद्ध बनेको थियो विहान पौने १२ बजेबाट अवरुद्ध सडक दिउँसो ४ बजेबाट सडक पुर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।
सडक सुचारु भएसँगै काठमाण्डौंं,पोखरा,बुटवलबाट छुटेका सवारी गुल्मी,बाग्लुङ्ग,अर्घाखाँचि,पर्वत लगायतका जिल्ला प्रस्थान गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मल्लले बताए।
सो सडक खण्डमा अझै पनि पहिरोको जोखिम रहेकोले स्ड्यान्डवाई सडक विभागको डोजर तयारीमा अवस्थामा राखिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।