नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको नमूना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो। जसमा ६० जनामा पिसीआरबाट र ५० जनामा एन्टीजेनबाट संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने एक जनाले ज्यान गुमाएका छन्। हाल २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-09-16 19:05:00

प्रतिकृया दिनुहोस्