बिएल संवाददाता
भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार केही दिनमै ढल्ने दाबी गरेका छन्।
नवभारत टाइम्ससँग कुराकानी गर्दै पूर्व ‘रअ’ एजेण्ट बिष्टले १० देखि एक महिनाभित्र नेपालको सरकार ढल्ने दाबी गरेका हुन्।
‘आज १२ तारिख हो। तपाईं नोट गर्नुहोस्, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, १०, १५, २०, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दै छ। जुन दुई महिना पहिले बनेको थियो’, उनले भनेका छन्।
विपक्षी दलहरूले ओली नेतृत्वको सरकार अहिले स्थिर नभएको बताइरहँदा उनले यस्ताे खुलासा गरेका हुन्। उनकाे यस्ताे दाबीले नेपालमा हालैका दिनमा देखिएका राजनीतिक उतारचढाव र सत्ता समीकरणका विषयले यसलाई थप चासोको विषय बनाउने देखिन्छ।
नेपालमा भारतको प्रभाव र ‘रअ’ जस्ता संस्थाको गतिविधि लामो समयदेखि विवादको विषय बनिरहेकाे अवस्थामा ‘रअ’का पूर्वअधिकारीको यस्ताे टिप्पणीले कूटनीतिक र राजनीतिक दुवै क्षेत्रमा चासो बढ्ने देखिएकाे छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया