बिएल संवाददाता
भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार केही दिनमै ढल्ने दाबी गरेका छन्।
नवभारत टाइम्ससँग कुराकानी गर्दै पूर्व ‘रअ’ एजेण्ट बिष्टले १० देखि एक महिनाभित्र नेपालको सरकार ढल्ने दाबी गरेका हुन्।
‘आज १२ तारिख हो। तपाईं नोट गर्नुहोस्, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, १०, १५, २०, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दै छ। जुन दुई महिना पहिले बनेको थियो’, उनले भनेका छन्।
विपक्षी दलहरूले ओली नेतृत्वको सरकार अहिले स्थिर नभएको बताइरहँदा उनले यस्ताे खुलासा गरेका हुन्। उनकाे यस्ताे दाबीले नेपालमा हालैका दिनमा देखिएका राजनीतिक उतारचढाव र सत्ता समीकरणका विषयले यसलाई थप चासोको विषय बनाउने देखिन्छ।
नेपालमा भारतको प्रभाव र ‘रअ’ जस्ता संस्थाको गतिविधि लामो समयदेखि विवादको विषय बनिरहेकाे अवस्थामा ‘रअ’का पूर्वअधिकारीको यस्ताे टिप्पणीले कूटनीतिक र राजनीतिक दुवै क्षेत्रमा चासो बढ्ने देखिएकाे छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया