के सन्दीपले आफ्नो बचाउका लागि प्रमाण जुटाउन सक्लान् ?

BreaknLinks
BreaknLinks

यतिखेर नेपाल प्रहरी बलात्कारको आरोपकाे लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको पर्खाइमा छ। उनी विदेशबाट फर्किनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पक्राउ गर्ने अनुमति लिएर बसिरहेको छ।

भदौ २१ गते एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपमाथि उजुरी परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको दायरा बढाउँदै सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत लिइसकेको छ। त्यति मात्र होइन घटना भएको भनिएको स्थानमा पुगेर प्रहरीले सन्दीपविरुद्धको प्रमाणसमेत जुटाइरहेको छ। प्रहरीले एक चरणको अनुसन्धान सकाएको छ। अब सन्दीपको प्रतिक्षामा छ प्रहरी।



अनुसन्धानअघि नै नाम सार्वजनिक गर्दा आरोपीको बदनाम

क्यानले भन्याे– सन्दीप लामिछाने आरोपित मात्रै हुन्, सहयोग गर्छौं



उनी भदौ ६ गते केन्याविरुद्धको खेल खेल्न विदेश उडेका थिए। त्यहाँबाट पनि उनी क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा पुगेका थिए। तर उनीमाथि उजुरी नै दर्ता भएपछि खेल खेल्न छोडेर नेपाल आउने बताएका थिए। तर अहिलेसम्म उनी नेपाल फर्किएका छैनन्। उनीसँग जानकारहरू भने सन्दीपले लुसियामा छोडेर नेपाल हिँडेको बताउँछन्।

नेपाल आएपछि के गर्ने? आफूमाथि लागेको आरोपबाट कसरी बँच्ने? भन्ने विषयमा पनि सन्दीपले विदेशबाट नै वकीलसँग सम्पर्कसमेत गरिरहेको क्यानका एक पदाधिकारीले जानकारी दिए। त्यसो त नेपालको कानुनले हिरासतमा बस्दा पनि आफ्ना आफन्त र वकीललाई भेट्न दिन्छ। सन्दीपले निजी वकिल राखेर अदालतमा मुद्दासमेत लड्न पाउँछन्। तर हिरासतमा जानुभन्दा अगाडि नै कानुनको बारेमा बुझेर आउँदा केही सजिलो हुने आशामा उनले वकीलसँग सम्पर्क गरेको हुनसक्ने क्यानका एक पदाधिकारीले बताए।

भदौ ५ गते लामिछानेले ती नाबालिगलाई होटेलमा लगेर बलात्कार गरेको भन्दै पीडितका दाइले प्रहरीमा उजुरी दिएका थिए। भदौ ५ गते सन्दीपले किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। राति पौने ९ बजेतिर नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशलाको एक होटेलमा पुगेका थिए।

रातिको ११ बजेर ५५ मिनेटमा होटेलमा लगेर सन्दीपले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। बिहान साढे ६ बजेपछि उनीहरूसँगै होटेलबाट बाहिरिएका थिए।

पीडित किशोरीले दिएको उजुरीलाई अब लामिछानेले खण्डन गर्नुपर्ने हुन्छ। अर्थात भदौ ५ गते पीडित किशोरीसँग नगरकोट र गौशालाको होटेल नपुगेको पुष्टि गर्नुपर्ने हुन्छ। तर प्रहरीले होटेलमा पुगेर घटना भएको दिन उनीहरूको उपस्थिति रहेको प्रमाण सङ्कलन गरिसकेको छ। त्यसैले गर्दा लामिछानेले आफ्नो उपस्थिति नदेखाउने प्रमाण सङ्कलन गर्न नसक्ने देखिन्छ। यदि उनी त्यो दिन र समयमा होटेलमा नगएको भए कहाँ गएका थिए? कोसँग थिए? जस्ता कुराको प्रमाण जुटाउन सक्नुपर्ने हुन्छ।



सन्दीपमाथि बलात्कारको अभियोग : पीडितको स्वास्थ्य परीक्षणपछि अनुसन्धान हुँदै

क्रिकेटर लामिछाने विरुद्ध बलात्कारको उजुरी



त्यस्तै लामिछानेसँग अर्को विकल्प पनि छ। होटेलमा गएको तर करणी नगरेको प्रमाणित गर्नुपर्ने हुन्छ। तर त्यसलाई पनि पुष्टि गर्न सजिलो भने छैन। किनकि उनीहरू घटना भएको दिन एउटै कोठामा बसेको देखिन्छ। एउटै कोठामा बस्दैमा करणी नै हुन्छ? भन्ने प्रश्न आउन सक्छ। तर यसको जवाफ तर्क र प्रमाणसहित लामिछानेले दिन सक्लान्? पीडित किशोरीको स्वास्थ्य परीक्षणदेखि अन्य प्राविधिक पक्षका अनुसन्धान पनि जारी राखेको छ।

नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमा पनि यौन सम्पर्क गर्न पाइँदैन। जुन घटनाको उदाहरण अभिनेता पल शाह नै छन्। केही समयअघि मात्रै नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्ष कैद सुनाएको थियो। उनको घटना पनि यस्तै हो। अदालतले शाहले करणी नगरेको तर बाल दुर्व्यवहार गरेको भन्दै सजाय दिएको थियो।

सन्दीप केही समय त नेपाल नआएर अनुसन्धानबाट बँच्न सक्छन्। तर प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गर्न पनि सक्छ। यसरी पक्राउ गर्दा झन् लामिछानेमाथि अन्य प्रश्न समेत उठ्न सक्नेछ।

प्रकाशित मिति: : 2022-09-13 16:35:00

प्रतिकृया दिनुहोस्