
प्रतिस्णा रेग्मी
बलात्कारको आरोपकाे लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेकाे यतिबेला चाैतर्फी चर्चा र आलाेचना भइरहेकाे छ।
एक १७ वर्षीय नाबलिगलाई बलात्कार गरेको आरोपमा उनीमाथि उजुरी परेपछि निलम्बित भएका हुन्। क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लामिछाने जमैकामा पुगेका छन्। बलात्कार आरोप लागेपछि जमैकामा रहेका सन्दीप सीपीएल छोडेर केही दिनमै नेपाल फर्कँदै छन्।
एक नाबालिगले भदौ ५ गते आफूमाथि बलात्कार भएकाे भन्दै केही समयअघि प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसयता सन्दीपकाे आलाेचना भइरहेकाे छ।
ती नाबालिगले आफूलाई दिनभर नगरकोट घुमाएर राति काठमाडौँ ल्याइ हाेटेलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ। सन्दीपलाई बलात्कारको आरोप लागेपछि क्यानले सम्पर्क गर्दा उनले आफू निर्दोष रहेको र सहयोग गर्न क्यानलाई अपिलसमेत गरेका थिए।
लामिछानेले शुक्रबार बिहान आफ्नो फेसबुकमार्फत आफू निर्दोष रहेको, नेपाली कानुनको सम्मान गर्ने र आफू सीपीएल छाडेर नेपाल आउने जानकारी गराएका थिए।
अनुसन्धानअघि नै नाम सार्वजनिक गर्दा आरोपीको बदनाम
गत मगंलबार सन्दीपविरुद्ध उजुरी परेकाे कुरा बाहिर आएसंगै नेपाली मिडियाहरुले उनको फोटोसहित नाम सार्वजानिक गर्याे, जुन नेपालको कानुनविपरीत हो। कानुनअनुसार कुनै पनि आरोपी दोषी ठहर नभएसम्म नाम र फोटो सार्वजानिक गर्न हुँदैन, तर नेपालमा भने यसलाई कार्यान्वयन गरेका पाइँदैन। दोषी ठहर हुनुअगावै फोटो र नाम सार्वजानिक गरेर बदनाम गरिरहेकाे पाइन्छ।
यसमा सबैभन्दा ठुलो कमजारी नेपाल प्रहरी प्रशासनको पनि हो। प्रहरीमा उजुरी आउनेबित्तिकै प्रशासनले सबै प्रकारका कुराहरुलाई गोप्य राख्नु पर्दथ्याे। तर अनुसन्धानअगावै सबै कुरा बाहिर आउँछ।
महानगरीय प्रहरी वृत टेकुका डिएसपी दिनेशराज मैनाली भन्छन्, ‘हामीले सबै कुरा गोप्य राखेका थियौँ, तर बारम्बार मिडियाबाट फोन आएपछि हामी सबै सूचनाहरु सार्वजानिक गर्न बाध्य भयौँ।’
अनुसन्धान अगाडि नै आरोपीका गाेपनीयताहरू बाहिर आउनुमा ठुलो कमजारी मिडियाको पनि छ। मिडियाले आफ्नो भ्युज बढाउन र ब्रेकिङ न्युजकाे हाेडमा तथ्य पुष्टि नभइ सबै कुरा सार्वजनिक गर्ने र आरोपीकै पछाडि दाैडिने गरेको प्रष्ट देख्न सकिन्छ।
नेपाली क्रिकेट जगतको एकदमै चर्चित नाम हाे, सन्दीप लामिछानेकाे। नेपाली क्रिकेट भन्न साथ हरेकको मुखमा सन्दीपकै नाम अगाडि आउँछ। आफ्नो प्रतिभाले उनकाे नाम नेपालमा त उचाइमा छँदैछ, नेपाल बाहिरका विभिन्न देशहरूमा समेत उत्कृष्ट खेलकै कारण उनी निकै लाेकप्रिय छन्।
उनकाे छवि तब उच्चाइ पुग्याे, जब उनीले भारतको आइपिल खेल्ने मौका पाए। उनी मात्र एक यस्ता खेलाडी हुन्, जसले नेपालबाट आइपिएल खेल्ने मौका पाए।
पछिल्लाे समय उनीमाथि बलात्कार आरोप लागेसंगै उनकाे फोटो सामाजिक सञ्जाल राखेर नकारात्मक टिकाटिप्पणी भइरहेकाे छ भने कतिपयले उनकै पक्षमा वकालत गर्दै पीडितलाई दाेषी देखाइरहेका छन्।
सन्दीप आफैँमा एउटा साधारण व्यक्ति हाेइनन्, उनी एउटा अन्तर्राष्ट्रिय स्तरका खेलाडी हुन्। एउटा उच्च छवि भएका व्यक्ति, अझ भन्नुपर्दा उनी खेलाडी भएको नाताले राष्ट्रको गहनासमेत हुन्। उनीमाथि लागेकाे आराेपले सबै शिर निहुरिएकाे छ।
उनीमाथि लागेको बलात्कार आरोपले उनलाई मात्र नभइ सिगो देशलाई नै नकारात्मक असर गर्छ। अर्का कुरा अनुसन्धानअघि वा दोषी ठहर हुनुभन्दा पहिला आरोपीलाई दोषी नै मान्नु भनेकाे उनको मानहानी गर्नु हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया