बिएल संवाददाता
एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन्।
लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन्।
कार्यवाहक सचिव मल्लले सन्दीपसँग सम्पर्क भएको स्वीकारेका छन्। सन्दीपले क्यान समक्ष आफू निर्दाेष रहेको बताएको उनले जनाए।
‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन्। कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु पर्यो भनेका छन्। सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन्,’ मल्लले भने।
राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीपले एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीप माथि छ।
कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोपमात्रै लागेको र संस्थागत रुपमा क्यानले एक खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने बताए।
‘उ हाम्रो खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने ? सन्दीप आरोपित मात्रै हुन्। सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ। हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ,’ मल्ले भने।
सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन्। उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन्।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया