शनिबार ४ बजेसम्मका लागि गठबन्धन बैठक स्थगित

सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।

आज बस्ने भनिएको बैठक शनिबार दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो।

बालुवाटारमा गठबन्धनको बैठक आज ४ बजेसम्मका लागि स्थगित भएको हो। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ।

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ। बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ।

प्रकाशित मिति: : 2022-09-09 20:05:00

प्रतिकृया दिनुहोस्