लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा हरिजङ तामाङ नियुक्त

File photo
File photo

लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता हरिजङ तामाङ नियुक्त भएका छन्।

त्यस्तै सदस्यमा मोहन थापा र वसन्त बहादुर थापा नियुक्त भएका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले बेसीशहरमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिएको हो। 

लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय गरेर मानव विकास सामुदायिक सेवा केन्द्र (एचडीसी) लाई पत्राचार गरिसकेको छ। सोही निर्णय अनुसार निकट भविष्यमै सरकारले अस्पताल सञ्चालन गर्ने भएको छ।

निर्णयपछि गण्डकी प्रदेश सरकारले अस्पताललाई डाइलासिस मेसिन समेत उपलब्ध गरिसकेको छ। 

प्रकाशित मिति: : 2022-09-08 11:04:00

प्रतिकृया दिनुहोस्