पुर्व विद्यार्थी नेता देवकोटा रसुवाबाट प्रतिनिधि सभाका लागी सिफारिस 

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रसुवाले केन्द्रिय सदस्य दिपक देवकोटाको नाम सिफारिस गरेको छ।

रसुवाले संघ र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिसका पुर्व विद्यार्थी नेता देवकोटालाई प्रतिनिधि सभाका लागी शिफारिस गरेको हो। 

मंगलबार कालिकास्थान स्थित जिल्ला कमिटी कार्यालयमा बसेको बैठकले रसुवाको मङ्सिर ४ को निर्वाचनका लागी लागि प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएको हो।

एक संघिया निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको जिल्लामा प्रतिनिधि सभा सदस्य प्रत्यक्षमा इन्द्र गोतामे (जगतजंग), सहित पुर्व विद्यार्थीनेता दिपक देवकोटा र फुर्पु तेन्जिन तामाङको नाम सिफारिस गरेको हो।  

यसैगरी प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ तेन्जिन तामाङ, नानीमैयाँ न्यौपाने मगर र अमिर गुरुङको नाम सिफारिस गरिएको छ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष उम्मेदवारतर्फ केशब प्रसाद पौडेल, जयराम घले, छेसिङ्गि तामाङ सिफारिस भएका हुन,भने प्रदेश निर्वाचन क्षेत्र (ख)का लागी प्रत्यक्ष उम्मेदवारतर्फ इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, दिलिप तामाङ सिफारिस भएका हुन्। 

निर्वाचनका लागि प्रदेश सभा समानुपातिक तर्फ भगबती न्यैपाने, गणेश बिक, पासाङ तामाङ, मेघ बहादुर ढकाल (प्रकाश),हित बहादुर गुरुङ र पासाङ फेल्मो तामाङ रहेका छन्।

प्रकाशित मिति: : 2022-09-06 22:39:00

प्रतिकृया दिनुहोस्