तीज सुरु भइसकेको छ। प्रत्येक दर कार्यक्रममा फरकफरक पहिरन लगाउने गलत संस्कारको विकास जोडिन्छ। जसले तीज भड्किलो बन्दै गएको छ।
तीजका लागि पहिरन किन्ने लहर केही साताबाटै सुरु भइसक्यो। तीजको मात्र के भनौं, साउनमा समेत व्रत बसेर मन्दिर जाँदा हरियो र पहेंलो लुगा लगाउन पर्ने भड्किलो प्रवृत्तिले समाजमा विकृति भित्र्याइरहेको छ।
चाडबाड, बिहे र उत्सवहरू मनाइरहेका छौं। मनाउने तौरतरिका परिवर्तन हुँदैछन्। चाडपर्व पनि परिस्कृत हँुदैछन्। कहिलेकाहीँ त लाग्छ, हामी आवश्यकताभन्दा बढी हौसिँदै त छैनौं। आफन्तको बिहेको पार्टी थियो। साडी लगाउन सिपालु दिदीकै घरमा गएर तयार हुने योजना बन्यो।
दिदी जोडतोडका साथ कुनै पसलको सो–केसजस्तो देखिन दराजमा सारी खोज्दै हुनुहुन्थ्यो। कुन साडी लाउने भनेर तनाव ! दिदी भन्नुहुन्छ, लगाउने एउटा पनि सारी छैन। अब कन्फ्युज हुने पालो मेरो। मिल्ने भए म चाहिँ त्यही भएकोमध्ये आँखा चिम्लिएर कुनै छानेर लगाउँथे। सारीहरू धेरै थिए र सबै राम्रा थिए।