दाङमा बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफूले चलाउँदै आएको टिप्परमा आगजनी गरेको खुलेको छ।
मंगलर बिहान बन्दको मौका छोपी चालक र सहचालकले टिप्परमा आगजनी गरेका हुन्।
घोराहीबाट लमही तर्फ जाँदै गरेको रा १ ख १६९४ टिप्परमा बिहान ४ बजेतिर बबई खोला पुलमा नजिकै आगलागी भएको थियो। सो विषयमा अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा चालक र सहचालकले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले बताए।
प्रहरीले चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएको छ।
उनीहरुले दुई दिनदेखि बनाउन दिएको टिप्पर बिहानै लगेर बिमाको रकम पाउन लोभमा आगजनी गरेको खुलेको काफ्लेको भनाई छ।