चितवनको भरतपुरस्थित साहारा चितवन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान तथा थुनछेक बहस हुँदैछ। उनी हिजै चितवन अदालतमा उपस्थित भइसकेका छन्।
उनलाई हिजो थुनछेक बहस नसकिएपछि आज १० बजे फेरि अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको थियो।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादी र जाहेरवालाको तर्फबाट बहस र थुनछेक जारी छ। त्यस्तै, बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए।
सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याए भने आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि बहसमा सहभागी हुँदैछन्।