नेकपा माओवादी केन्द्रको महासचिवमा सात जना नेताले आफ्नो दाबी पेश गरेका छन्।
आज बिहान पार्टी कार्यालय, पेरिसडाँडामाबसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी पेश गरेका छन्।
त्यसैगरी वर्षमान पुन र जनार्दन शर्माले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्दै छिटो टुंग्याउन समेत आग्रह गरेका थिए।